६७ जिल्लामा नयाँ नेतृत्व चुन्दै रास्वपा

image शनिबार, जेष्ठ २३ २०८३
image
A+ A A-

काठमाडौँ, जेठ २३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने देशव्यापी जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु भएको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाले सांगठनिक सुदृढीकरणको कसरत तीव्र पारेको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ७७ मध्ये ६७ जिल्लामा आज र भोलि नेतृत्व चयन गरिनेछ। जसअन्तर्गत पहिलो दिन आज काठमाडौँ, ललितपुर, कास्की, झापा, दाङ र बाँकेसहित ३६ जिल्लामा अधिवेशन भइरहेको छ भने भोलि चितवन, सुर्खेत, कैलालीलगायत २५ जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ।

विशेष परिस्थितिका कारण बाराको अधिवेशन जेठ २६ गतेलाई तोकिएको छ भने बाँकी ११ जिल्लाको अधिवेशन महाधिवेशनपछि गरिने पार्टीले जनाएको छ। जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै जेठ २६ गतेदेखि बागमती प्रदेशबाट प्रादेशिक अधिवेशनको श्रृंखला सुरु हुने कार्यतालिका छ।