काठमाडौं, जेठ २३ – सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता भएका गाइड (पर्यटन श्रमिक) ५२ वर्षीय दावा शेर्पा (हिलारी) को चामत्कारिक रूपमा जीवितै उद्धार गरिएको छ । परिवारले मृत्यु भएको ठानेर काठमाडौंमा अन्तिम संस्कारको काजक्रिया र पूजासमेत सुरु गरिसकेको अवस्थामा शेर्पा हिउँमा घिस्रिँदै आधार शिविरतर्फ ओर्लँदै गर्दा फेला परेका हुन् ।