शैक्षिक धाँधलीविरुद्ध नयाँ दिल्लीमा 'संविधान' युद्ध: हुलदंगा होइन, विचारको लडाइँ भन्दै सडकमा उत्रिए प्रदर्शनकारी

image शनिबार, जेष्ठ २३ २०८३
image
A+ A A-

नयाँ दिल्ली: भारतमा चिकित्सा (NEET) र विश्वविद्यालय (CUET) तहका प्रवेश परीक्षाहरूमा भएको भनिएको गम्भीर शैक्षिक अनियमितता र धाँधलीको मुद्दाले अब राजनीतिक र कानुनी युद्धको रूप लिएको छ। शैक्षिक माफिया र सरकारको मिलेमतोविरुद्ध कक्रोच जनता पार्टी (CJP) ले नयाँ दिल्लीको जन्तर-मन्तरमा समानान्तर मोर्चा खोलेको छ।

प्रदर्शनको नेतृत्व गरिरहेका CJP का संस्थापक अभिजीत दीपके हातमा भारतको संविधानका निर्माता डा. भीमराव अम्बेडकरको पुस्तक बोकेर अग्रपंक्तिमा उभिएका थिए। प्रहरीको कडा घेरा र ब्यारिकेडका बीच उनले बोकेको यो पुस्तकले सत्तालाई ठूलो साङ्केतिक धक्का दिएको छ।

"संविधानभित्र रहेर शैक्षिक अनियमितताविरुद्ध छेडिएको यो आन्दोलन कुनै हुलदंगा नभएर विचार र कानुनको लडाइँ हो भन्ने सन्देश दिन उनले यो किताब बोकेका हुन्," आन्दोलनकारीले मिडियासँग भने।

शिक्षा मन्त्रीको राजीनामा माग: आन्दोलनकारीहरूले देशका लाखौँ विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरिएको भन्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा माग गरेका छन्। यो लडाइँ सडकमा ढुङ्गा मुढा गरेर होइन, देशको कानुन र संविधानको जगमा टेकेरै जित्ने दाबी CJP ले गरेको छ। यो आन्दोलनले आगामी दिनमा मोदी सरकारलाई संसद्देखि सडकसम्म ठूलो दबाब दिने निश्चित देखिएको छ।