काठमाडौँ: नेपाली कांग्रेसभित्रको आन्तरिक महासंग्रामले अब उग्र रूप लिएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको 'गल्फुटार वार्ता' असफल भएपछि संस्थापन पक्ष (गगन-विश्वप्रकाश समूह) ले राजनीतिमा ठूलो 'ट्विस्ट' ल्याएका छ।
खड्काले सामाजिक सञ्जालमार्फत ३१ दिनदेखि संवाद नभएको भन्दै 'युद्ध' घोषणा गरेपछि चिढिएको संस्थापन पक्षले उनलाई सिधै बाइपास गरिदिएको छ। मंगलबार बिहानै गगन क्याम्पले इतर समूहका ५ शक्तिशाली नेताहरू—डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जनसहितको गुप्त 'सातबुँदे प्रस्ताव' पठाएर संवादको दायरा फराकिलो बनाएका छन।
उता, देउवा र इतर समूहले पनि वारपारको रणनीति बुन्दै 'जेठ मसान्त' को कडा डेडलाइन (अल्टिमेटम) दिएका छन्। यदि जेठ मसान्तभित्र सहमति नभए वार्ताको च्याप्टर क्लोज गर्दै पुराना क्रियाशील सदस्यकै बलमा एकतर्फी रूपमा १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने र देशव्यापी विद्रोह गर्ने इतर समूहको चेतावनी छ।
ठूलो प्रश्न: के गगन थापाको यो 'मास्टरस्ट्रोक' ले कांग्रेसको विवाद सुल्झाउला कि पार्टी फुटको संघारमा पुग्ला? जेठ मसान्तको यो डेडलाइनले कांग्रेसमा ठूलो राजनीतिक 'विस्फोट' हुने संकेत गरेको छ!